Media Network

आरजु देउवा र भाजपा विदेश विभागबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

११ श्रावण २०७९,बुधबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । 

चौथाइवालेले देउवासँग भारतको नयाँदिल्लीमा  भेटवार्ता भएको ट्विटरमार्फत जानकारी गराएका हुन्। 

भारतको दिल्लीमा रहेको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेकी आरजुलाई भेटेर चौथाइवालेले शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । 

उनीहरुबीच ६ महिनाअघि पनि भेटवार्ता भएको थियो । आरजु स्वास्थ्य उपचारका क्रममा हाल नयाँदिल्लीमा छिन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद