Media Network

अब शीर्ष बैठक भागबण्डाका लागि नबस्ने प्रधानमन्त्रीको उद्‌घोष


खबरस्टोरी संवाददाता

१० पुष २०८०,मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबदेखि शीर्ष दलको बैठक सत्ताको वितरण गर्नका लागि नबस्ने बताएका छन् । दल, नागरिक समाज र राज्यका निकायलाई क्रमभंगताको अपिल गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् । 

‘दल, नागरिक, समाज र राज्यका सबै निकायलाई क्रमभंगताको अपिल गर्छु । शीर्ष बैठक सत्ताको वितरण गर्न होइन, विश्वविद्यालय सुधार्न, परराष्ट्र मामिलाको विषयमा एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न, लगानी गर्न र राष्ट्रको छवि सुधार्न बस्नेछन्,’ प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले भने ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद