Media Network

भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति पौडेलबीच शिष्टाचार भेट


खबरस्टोरी संवाददाता

१९ पुष २०८०,बिहीबार

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज नेपाल अवतरण भएसँग राष्ट्रपति निवास शीतल निवासमा उनले पौडेलसँग भेटवार्ता गरेका हुन् ।
परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
उनले आज दिउँसो १ बजे परराष्ट्र मन्त्री साउदसँग  होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।
उनी २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ । विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।
उनी शुक्रवार नै भारत फर्किनेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद