Media Network

बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु


खबरस्टोरी संवाददाता

११ बैशाख २०८०,सोमबार

बारा । बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ ।  

आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका  सङ्कलन राति नै सकिएको र सर्वदलीय बैठक सकिएसँगै गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । 

सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने उनको भनाइ छ ।  बारा २ को  मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब  ६३ प्रतिशत मतदान खसेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद