Media Network

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेन्डा


खबरस्टोरी संवाददाता

११ पुष २०८०,बुधबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ ।  बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । 

तीन दिनसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने बताइएको छ । महासचिव घनश्याम भुसालका अनुसार देशभर पार्टी सङ्गठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने उनले जानकारी दिए ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुने छ । विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद