Media Network

एकीकृत समाजवादीको महाधिवेशन असार १६ देखि


खबरस्टोरी संवाददाता

६ बैशाख २०८१,बिहीबार

काठमाडौ । नेकपा एकीकृत समाजवादी ले पार्टीको महाधिवेशनको मिति सारेको छ।जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारेको हो। बुधवार बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी र व्यवस्थापनका कारण महाधिवेशन सार्नुपर्ने निर्णय गरेको पार्टीकाका प्रवक्ता जगन्नथ खतिवडाले बताए।

असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको बताए। उनले संगठनको तलबाट माग भएबमोजिम र जिल्ला संगठनहरुबाट पनि सोही माग भएको र केन्द्रले पनि उपयुक्त ठहर गरेकाले महाधिवेशन सार्नुपरेको बताए।उनले भने, ‘हाम्रो धेरै आन्तरिक तयारीका कारणले संगठनको तलबाट माग भएबमोजिम जिल्लाबाट जिल्लाहरुले माग गरे बमोजिम र केन्द्रले विश्लेषण गर्दा त्यसलाई उपयुक्त ठहर्‍याएअनुसार १० औं राष्ट्रिय महाधिवेशनलाई असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेका छौँ। जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशनलाई सारेका छौँ।’

बैठकले सुदूरपश्चिममा पार्टीको तर्फबाट संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पनि बताए। गठबन्धनमा देखिएका समस्याका बारेमा पनि छलफल भएको र आफ्नो पार्टीलाई अवमूल्यन गर्ने गतिविधिबिरुद्ध तत्काल प्रतिवाद गर्ने निर्णय गरेको बताए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद