Media Network

एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

१९ पुष २०८०,बिहीबार

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेको भारतका विदेशमन्त्री एस जयशंकरले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

आज (बिहीबार)साँझ जयशंकर र ओलीबीच बत्तिसपुतलीस्थित होटल द्वारिकामा भेटवार्ता भएको हो । उनीहरूबीच दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार बिहान नेपाल आइपुगेका हुन्।उनले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटिसकेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद