Media Network

एमालेले डाक्यो सचिवालय बैठक


खबरस्टोरी संवाददाता

१९ पुष २०८०,बिहीबार

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न शुक्रबारका लागि सचिवालय बैठक बोलाएका हुन् ।

बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो १२ बजे बस्ने गरी बोलाइएको छ । राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन् ।

सत्ता गठबन्धन दलले मात्रै तालमेल गरे आफूले एक सिट पनि नपाउने अवस्था बनेपछि एमालेले सत्तारूढ गठबन्धनसँगै तालमेल गर्ने सम्भावना देखिएको छ । त्यसका लागि एमालेले बुधबार साँझ गठबन्धनका नेताहरुसँग छलफल समेत गरेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद