Media Network

फिल्म खेल्दै एमाले अध्यक्ष ओली, ‘नमेटिने घाउ’मा बन्दैछन् प्रधानमन्त्री


निरज तिमिल्सिना

१५ माघ २०८०,सोमबार

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन्।आइतबार  राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘नमेटिने घाउ’चलचित्रको घोषणा कार्यक्रममार्फत अध्यक्ष ओलीले चलचित्रमा अभिनय गर्न लागेको जानकारी गराइएको हो।

ओली उक्त चलचित्रमा प्रधानमन्त्रीको भूमिकामा देखिने निर्माण पक्षले बताएको छ।रमित ढुंगानाले निर्माण गर्ने उक्त चलचित्रको घोषणा सभामा अध्यक्ष ओलीपनि स्वयं उपस्थित भएका थिए।उक्त चलचित्र एसिड पीडित मुस्कान खातुनको जीवनमा आधारित हुने निर्माण पक्षले दाबी गरेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद