आज विराटनगर विमानस्थलमा पत्रकारहरुको जिज्ञासामा ओलीले भने, ‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो । अदालतको पूर्णपाठ किन चाहियो ?’
प्रधानमन्त्री प्रचण्डले रविको नागरिकताको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय नदिने भनेको बारे पत्रकारको जिज्ञासामा ओलीले भने, ‘पूर्णपाठ किन चाहियो, कण्ठ गर्नलाई हो ?’
उनले यो छलफल गर्नुपर्ने विषय नै नभएको बताए । ‘छलफल भइरहेको छ, तर खटपट छैन’ ओलीले भने, ‘यो छलफल गर्नुपर्ने विषय पनि होइन ।’
राष्ट्रपति निर्वाचन र गृह मन्त्रालय कसलाई दिने भन्ने विषयका कारण वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको ओलीले बताए । उनले भने, ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’
राष्ट्रपति निर्वाचनको सन्दर्भमा माओवादी कांग्रेसतिर ढल्किएको भनेर राखिएको जिज्ञासामा ओलीले माओवादीका केही नेताहरुले त्यसरी बोले पनि आफूलाई भने त्यस्तो नलागेको बताए ।