Media Network

हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किँराती राजा यलम्बरको फोटो झुण्डाए


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् ।केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर कार्यकक्षबाट हटाएका हुन् । उनले कार्यकक्षमा यलम्बरको तस्बिर राखेका छन् ।

पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै साम्पाङ आक्रोशित बनेका छन् । मेयर साम्पाङले हिजो मात्रै केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्बिर राख्ने भनेर सामाजिक सन्जालमा राखेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद