Media Network

जबरालाई नजरबन्दमा राखेर गल्ती गरेको:नेता डा. शेखर कोइराला


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौँ। । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाअभियोग निष्क्रिय भइसकेको बताएका छन् उनले प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै  महाअभियोग निष्क्रिय भइसकेका  भन्दै सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखेर गल्ती गरेको आरोप लगाएका हुन् ।


गृहजिल्ला मोरङमा पुगेका कोइरालाले आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै महाअभियोग निष्क्रिय भएपछि अदालत हाजिर हुन लागेका राणालाई सरकारले नजरबन्दमा राखेर मानव अधिकारको समेत उल्लंघन गरेको बताए ।


कोइरालाले भने, ‘महाअभियोग लगाउने संसदको अवधि सकिएको छ । जो सांसदले महाअभियोग लगाए उनीहरू छैनन् र अब उनीहरू जितेर आउँछन् भन्ने पनि छैन । त्यहीकारण महाअभियोग स्वतः निष्क्रिय भइसकेको छ । औचित्यहीन भइसकेको महाअभियोग अर्को संसदमा जान्छ भन्नु गलत हो । सरकारले राणालाई नजरबन्द गरेर राख्नु आपत्तिजनक छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद