Media Network

कांग्रेसको बैठक आज पनि बस्दै


खबरस्टोरी संवाददाता

१३ पुष २०८०,शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको हिजोदेखि सुरू केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी मुख्यालय सानेपामा जारी बैठक बिहान ११ बजेदेखि पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकको पहिलो दिन हिजो समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । ‘समुदायमा कांग्रेस अभियान’ को कार्ययोजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापा र जाजरकोट भूकम्पपछि कांग्रेसले गरेको सहयोगबारे सहमहामन्त्री जीवन परियारले जानकारी गराएका थिए ।
त्यस्तै केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला सङ्ग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा प्रचण्ड सरकारको एक वर्षे कार्यकालको समीक्षासँगै आफ्ना मन्त्रीहरूको पनि कार्यसम्पादनबारे छलफल भइरहेको छ । सोक्रममा हिजो स्वास्थ्यमन्त्री मोहन बस्नेतले आफूले यो बीचमा गरेका काम ब्रिफिङ गरेका थिए । आज पनि मन्त्रीहरूले बैठकमा रिपोर्ट कार्ड पेश गर्दैछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद