Media Network

कर्णाली प्रदेश : एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७९,सोमबार

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । आइतबारर सरकारबाट बाहिरिएसँगै सोमबार बसेको पार्टीको कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका थिए । 

यसअघि १० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो ।

 यस्तै १७ चैत्रमा दोस्रोपटक पनि एमालेले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद