Media Network

कोशी : बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाको विरोध


खबरस्टोरी संवाददाता

१२ मंसिर २०८०,मंगलवार

विराटनगर । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा कार्यक्रम तथा बजेट कटौती भएपछि नेकपा एमाले र राप्रपाले संयुक्त रूपमा विरोध जनाएको छ ।प्रदेशसभाको आजको बैठकको कारबाही सुरू हुनासाथ दुई दलका सांसदहरूले उठेर विरोध जनाएका छन् । सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न प्रमुख विपक्षी एमालेलाई समय दिए । एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गरे ।

उनले भने, ‘एक वर्षमा पाँच पटक सरकार फेरियो । बजेट निर्माण गर्दा छलफल हुनुपर्ने थियो । सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यस्थापन गर्दा ध्यान दिन पर्दथ्यो । प्रतिपक्षी सांसदहरूको सुझाव समेटिनुपर्थ्यो त्यो भएन ।’

सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएको भन्दै उनले प्रतिस्थापन विधेयक पारित नभए के हुने ? भन्ने प्रश्न गरे ।

बजेट अध्यादेश प्रस्थिापन गर्न ल्याएको विनियोजन विधेयकमाथि हिजोदेखि छलफल भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद