Media Network

मूल्यवृद्धि नियन्त्रणमा सरकार गम्भीर भएन : सांसद पौडेल


खबरस्टोरी संवाददाता

१८ आश्विन २०८०,बिहीबार

काठमाडौँ।सत्तारूढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मूल्यवृद्धि नियन्त्रणमा सरकार गम्भीर नभएको बताएका छन्।बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अहिले सबै चिजको मूल्यवृद्धि भइरहेको बताए।

‘अहिले सबै चिजको मूल्यवृद्धि भइरहेको छ, सरकारप्रतिको भरोसा र लोकप्रियतामात्रै नबढेको स्थिति छ,’ उनले भने, ‘देखावटी रूपमा अनुगमन गर्ने होइन, मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभाव सिर्जना नहुने गरी सरकारले आफ्नो उपस्थिति देखाओस्।’

कतिपय बस्तुमा ४५ प्रतिशतसम्म मूल्यवृद्धि भएको उनले बताए।

उनले देश आर्थिक मन्दीले थलिएको र ३५ प्रतिशत सटर बन्द भएको पनि बताए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद