२०७८ मंसिरमा सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित रिजाललाई अहिले आएर देउवाले केन्द्रीय सदस्य मनोनित गरेका छन् । महामन्त्रीमा पराजित प्रकाशशरण महत र प्रदीप पौडेललाई महाधिवेशन लगत्तै केन्द्रीय समितिमा मनोनित गरेका देउवाले रिजाललाई १७ महिना रोके ।
महाधिवेशनमा सभापतिमा पराजित सभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ, उपसभापतिमा पराजित विजयकुमार गच्छदार, सुजाता कोइराला, सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा ०७८ पुसमै केन्द्रीय सदस्यमा मनोनित भएका थिए । शेखर कोइराला प्यानलबाट पदाधिकारीमा चुनाव होरका मध्ये केन्द्रीय सदस्यमा मनोनित हुने रिजाल पहिलो हुन् ।
उपसभापतिमा पराजित डा.चन्द्र भण्डारी तथा सहमहामन्त्रीमा पराजित तेजुलाल चौधरी, कमला पन्थ, रामकृष्ण यादव, विकास लामा देवराज चालिसे र शेख वकिललाई देउवाले केन्द्रीय सदस्य मनोनित नगरेको अवस्था छ । देउवा प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिएर हारेकाहरु भने सबैले केन्द्रीय समितिमा प्रवेश पाइसकेका छन् ।