Media Network

माओवादी महाधिवेशनको मञ्चमा नदेखिएका जनयुद्धका ती अनुहार


खबरस्टोरी संवाददाता

११ पुष २०७८,आईतवार

काठमाडौ । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।अघिल्लो दिनसम्म मात्रै प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको माओवादीले एकाएक सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।संयोगबश महाधिवेशनको उद्घाटन सत्रमा भने मञ्चमा माओवादी जनयुद्धताका ती दौतरीहरु देखिएनन् । 

मञ्चमा मोहन वैद्य किरण, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, लगायतका नेताहरुलाई नदेख्दा विभिन्न प्रदेशहरुबाट आएका प्रतिनिधि तथा पर्यवेक्षकको अनुहारमा भने हिजोको जस्तो उत्साह र उमङ्घ भने देखिएनन् ।उनीहरुले हिजोको जनयुद्धलाई नेतृत्व गरेका नेताहरू नै नदेखेपछि खल्लो महसुस गरेका छन् । मोहन वैद्य अहिले पनि माओवादी नाम गरेको अलग्गै पार्टीमा छन् । बाबुराम भटट्राई नयाँ शक्ति पार्टी हुदै अन्य शक्तिहरुसँगको एकतामै अल्झिएको जस्तो देखिन्छ ।। बादल, लेखराजहरू अहिले एमालेमा छन् । भने विप्लव नेकपा नामक पार्टीको महासचिवका रुपमा यतिबेला शान्ति प्रक्रियामा छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद