Media Network

नेकपा एसको सचिवालय बैठकमा घनश्याम भुसाल पनि सहभागी


खबरस्टोरी संवाददाता

१९ माघ २०७९,बिहीबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।

बदलिएको राजनीतिक परिवेश, राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन, राष्ट्रपतिको निर्वाचन, पार्टी एकताबारे भएका प्रयासहरूबारे छलफल भइरहेको जनाइएको छ ।

बैठकमा नेकपा एमाले छाडेर प्रवेश गरेका घनश्याम भुसाल पनि सहभागी छन् । महासचिव बनाउने सर्तसहित एसमा आएका भुसाल अहिले सचिवालय सदस्य छन् । उनी पहिलोपटक सचिवालय बैठकमा सहभागी भएका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद