Media Network

नातिनी ज्वाईंसँग प्रधानमन्त्रीको तस्बिर विवादित, डिफेन्समा उत्रिएको सचिवालयलाई समेत हम्मे हम्मे


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं ।  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार सेनाको हेलिकप्टरमा नातिनी ज्वाईसँगको तस्बिर सार्वजनिक भयो तर त्यसको केहि छिनमै त्यो एकाएक विवादित पनि बन्यो जसको कारण थियो  भर्खरै वैवाहिक जिवनमा बाधिएकी प्रचण्डकी नातीनी  भरतपुर महानगरकी मेयर रेणु दाहालकी छोरि प्रतिभा र र ज्वाईसँगै उनका परिवारसहित नेपाली सेनाको हेलिकोप्टर पृष्टभूमिमा रहेको तस्बिर

जुन सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्रीको तिब्र आलोचना भएको छ ।उनले आफू सुशासनको पक्षमा रहेको भनेर राष्ट्रका नाममा सम्बोधन गरेकै दोस्रो दिन  नव दम्पती नातीनी र ज्वाईसहित सपरिवारको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा टिका टिप्पणीसमेत भइरहेको छ ।

तर उनको सचिवालयले भने गोरखा पुगेका बेला उनी निर्वाचन क्षेत्र गोरखा पुगेको बेला आफन्तसँग भेट भएको र त्यतिबेला लिइएको तस्बिर भए पनि सामाजिक सञ्जालमा गलत ढंगले अफबाह फैलाउने कार्य भएको जनाएको छ । प्रचण्डका निजी सचिव रमेश मल्लले यस्ता गलत भ्रम फैलाएर प्रधानमन्त्रीको राजनैतिक प्रतिवद्धतालाई कमजोर पार्न कोशि भइरहेको र यस्ता गलत सूचनाको भ्रममा नपर्न पनि अनुरोध गरेका छन् । 

उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आज आफ्नो निर्वाचन क्षेत्र गोरखा कार्यक्रममा गएको बेला आफन्तसङ्ग भेट भएको र त्यतिखेर लिएको तस्वीरलाई लिएर सामाजिक संजालमा गलत ढंगले अफवाह फैलाउने काम भैरहेको छ। यसता गलत सूचना फैलाएर सम्माननीय प्रधानमन्त्रीज्यूको राजनैतिक प्रतिबद्धतालाई कम्जोर पार्ने कोशिस भैरहेको छ। यस प्रकारको गलत सूचनाको भ्रममा नपर्न हामी सबैमा हार्दिक आग्रह गर्दछौं ।’

यद्यपी तस्बिर लिने प्रधानमन्त्रीको सचिवालयका प्रदिपराज वन्त जसले नै उक्त फोटो लिएका थिए । उनले पनि सो विषयमा सामाजिक सञ्जाल मार्फत स्पष्टिकरण दिएका छन् । उनले भनेका छन् -  बारपाक सुलिकोट गाउँपालिका ताकुकोट र ज्यामिरेघाट, घ्याल्चोक, गोरखामा आयोजित जनतासँग प्रधानमन्त्री अन्तरक्रिया आौपचारिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा प्रधानमन्त्रीले भर्खरै नवविवाहित नातिनिज्वाईँको परिवारलाई भेटेको तथा हेलिप्याडमा विदाई गर्दा मैले कैद गरेको तस्बिर लिएको कुरालाई लिएर अतिरञ्जनापूर्ण ढंगले तस्बिरलाई लिएर अनावश्यक भ्रम नर्छन हार्दिक अनुरोध गर्दछु।




Share:
Reaction :
ताजा समाचार
खेलकुद