Media Network

पार्टी अध्यक्ष ओलीकै नेतृत्वमा एमालेले बनायो केन्द्रीय निर्वाचन परिचालन कमिटी


खबरस्टोरी संवाददाता

२६ श्रावण २०७९,बिहीबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ । 

बिहीबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले अध्यक्ष ओलीकै नेतृत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको हो ।

निर्वाचन परिचालन समितिमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिव र विभागका सचिव रहने निर्णय पनि एमालेको सचिवालय बैठकले गरेको छ ।त्यस्तै निर्वाचनका लागि घोषणापत्र बनाउन निर्वाचन घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् ।

सचिवालय बैठकले आगामी ७ भदौमा स्थायी कमिटी र ९ भदौमा पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद