Media Network

प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरू अनुपस्थित


खबरस्टोरी संवाददाता

२२ माघ २०७९,आईतवार

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधिसभा बैठकमा उपस्थित भएनन्। 

१ बजेबाट सुरु भएको बैठकमा पार्टीका कुनै पनि सांसद उपस्थित छैनन् ।

हिजो राति अबेर बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा आज प्रतिनिधिसभा बैठक सामूहिक बहिष्कार गर्ने अनौपचारिक सहमति भएको थियो ।

त्यसैबमोजिम समय जुध्ने गरी पार्टीको बैठक डाकिएको छ । अहिले रास्वपाका सबै १९ जना सांसद पार्टी बैठकमा सहभागी छन् ।

प्रतिनिधिसभा बैठक अहिले जारी रहेको छ । रास्वपा सभापति लामिछानेले साढे १ बजे पत्रकार सम्मेलन गर्ने भनेकोमा पार्टीको बैठक सकिएको छैन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद