Media Network

प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने सरकारको निर्णय


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको व्यवस्थापन गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताइन् ।

‘प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ । प्रधानमन्त्री कार्यालयमा रहनुभएको साथीहरु अब अन्यन्त्र कामकाजमा जानुहुन्छ । प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो । त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छुु भन्नुभएको थियो, आज यहाँबाट सुरुवात भयो । हामी विस्तार गरेर जान्छौं’ उनले भनिन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद