Media Network

प्रधानमन्त्री प्रचण्ड भन्छन्– म नयाँ ढङ्गले धक्का दिएर अर्को क्रमभङ्ग गर्दैछु


खबरस्टोरी संवाददाता

६ पुष २०८०,शुक्रबार

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठनको एक वर्ष पुगेको अवसरमा आफूले केही विषयमा क्रमभंग गर्ने बताएका छन् । सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले आफ्नो अभियानमा जनताको साथ पाउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘प्रधानमन्त्रीको रूपमा मेरो तेस्रो कार्यकालको एक वर्ष पूरा हुँदैछ । मैले नयाँ ढंगले केही धक्का दिएर म साँच्चै क्रमभंग गर्दैछु अर्को । त्यतिबेलामा आम जनताको साथ पाउने विश्वास छ ।’
उनले देशमा केही छैन भन्ने जनतालाई निराश पार्ने भाष्य खडा गरिएको बताए ।
उनले भने, ‘नेपाल अध्यारोमात्रै छ । सबैतिर उज्यालो कहीपनि छैन । नेपाल बस्न लायक देश होइन भन्ने गलत प्रचारको भाष्य बनेको छ । म ४०० केभीको सव स्टेशन उद्घाटन गरेको ऐतिहासिक दिनमा भन्न चाहन्छु यो भाष्यबाट जनतालाई निराश बनाउने र देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गर्छु । नेपाल उज्यालो छ । धेरै सम्भावना छ । हाम्रो प्रकृति भूगोल, सम्पदा र जनशक्ति धेरै गर्न सकिन्छ यो विश्वास जनतामा जगाउनुछ हामीले एकताको बलमा नयाँ आत्मविश्वास जगाउने काम सुरू गरेको छ ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद