Media Network

प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत (यस्तो छ राजीनामा पत्र)


खबरस्टोरी संवाददाता

१९ पुष २०८०,बिहीबार

काठमाडौँ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राजीनामा स्वीकृत भएको जानकारी दिए । गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिएको मिति मंसिर २० देखि नै लागू हुनेगरी राजीनामा स्वीकृत भएको बिहीबार ‍‍जानकारी गराएको हो
यसअघि आचार्यले आफ्नो राजीनामा स्वीकृत हुन ढिलाइ भएको भन्दै असन्तुष्टि पोख्दै आएका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद