Media Network

प्रधानमन्त्रीले इजरायली प्रधानमन्त्री नेतान्याहुलाई सिधा सम्पर्क गर्नुपर्छ : सचेतक पाण्डे


खबरस्टोरी संवाददाता

२१ आश्विन २०८०,आईतवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक हितराज पाण्डेले इजरालयमा रहेका नेपालीहरुको उद्धार गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्रीले सदनलाई जानकारी गराएर मात्र नहुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सिधा सम्पर्क गरेर नेपालीको विषयमा छलफल गर्नुपर्ने माग गरे ।

“सरकारलाई आग्रह गर्न चाहन्छु, यति ठूलो विपत्ति आइलागेको छ, एक मिनेट पनि ढिला गर्नु हुँदैन । यो मुलुकमा सरकार छ, राज्य छ भने यसमा एउटा विज्ञप्ति जारी गरेर, सदनमा विवरण दिएर मात्र हुँदैन, प्रमले नेतान्याहुलाई फोन गरेर भन्नुपर्यो, सिधा छलफल गर्नुपर्छ भन्ने ठान्छु,” उनले भने ।

सांसद गिरीले अहिले यूएन महासभाका कतिपय बैठकहरु चलिरहेको भन्दै त्यी बैठकमा पनि नेपाली प्रतिनिधिहरुले बैठकको ध्यानाकर्षण गर्नुपर्ने धारणा राखे । साथै, प्लेन चार्टर गरेर भए पनि नेपालीहरुको उद्धार हुनुपर्ने धारणा उनको थियो ।

फरक विषयमा उनले संविधान दिवसको दिन कानुन र कानुनी राज्यलाई चुनौती दिँदै रिगल डनलाई माफी दिएको भन्दै सरकारले यसलाई फिर्ता लिनुपर्ने धारणा राखे ।

“चेतन मानन्धरको दिनदहाडै हत्या हुन्छ, दुनियाँलाई गजजाहेर छ, जन्मकैदको सजाय सुनाइन्छ । रिगल भन्ने व्यक्तिलाई आठ वर्ष नपुग्दै कैद मिनाहा र माफी मिनाह भएको छ । यो घटनाले विधिको शासनको अन्त्य गरेको छ । कानुनी राज्य छ ? कस्तो राज्य निर्माण गर्न चाहेको हो ?,” उनले भने, “यसरी छोड्ने भए अदालत, कानुन किन चाहियो ? सबै निर्णय मन्त्रीले गर्ने भए किन चाहियो ? राष्ट्रपतिले यस्ता निर्णयलाई, सिफारिसलाई हेर्नुपर्छ कि पर्दैन ?”

Share:
Reaction :
ताजा समाचार
खेलकुद