Media Network

पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका शीर्ष नेताहरुबीच भेट


खबरस्टोरी संवाददाता

१८ पुष २०८०,बुधबार

काठमाडौं । राप्रपाका पाँच शीर्ष नेताले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । बुधबार कपिलवस्तुको भैरहवामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशमशेर राणा र दीपक सिंहले भेटघाट गरेका हुन् ।

केही दिनदेखि पश्चिम नेपालको भ्रमणमा रहेका ज्ञानेन्द्रले फोन गरेरै राप्रपाका पाँच नेतालाई भैरहवा बोलाएका थिए । सबैजना बुधबार बिहान भैरहवा पुगेका हुन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद