Media Network

रास्वपा सभापति लामिछाने सहकारी घोटालामा मुछिएपछि पार्टीभित्र खैलाबैला, खरो टिप्पणीमा उत्रिए नेता


खबरस्टोरी संवाददाता

१३ पुष २०८०,शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सहकारी घोटालामा मुछिएपछि पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत टिप्पणी गरेका छन् ।श्रेष्ठले अप्रत्यक्ष रुपमा पछाडि हटेर कल्याण हुने भए पछि हटेर सहयोग गर्न आग्रह गरेका थिए । 

देशका विभिन्न सहकारीबाट ऋण लिई ग्यालेक्सी टीभीमा लगानी गरेर सर्वसाधारणको पैसा हिनामिना गरेको भन्दै लामिछानेविरुद्ध समाचार आइरहेका छन् । यही प्रसंगमा श्रेष्ठले देशको लागि सम्पत्ति बन्न नसके घाँडो नबन्न आग्रह गरेका थिए । 

‘यदि तपाईं कसैका लागि, समाजका लागि अथवा देशका लागि सम्पति बन्न सक्नुहुन्न भने घाँडो पनि नबनी दिनुहोला । यदि पछाडि हटेर कल्याण हुन्छ, क्षति कम हुन्छ, भए पछाडि हटेर सहयोग गरिदिनुहोला,’ सलाइको काँटीसहितको तस्वीर राख्दै विराजभक्तले बुधवार स्टाटस लेखेका थिए । 

सो स्टाटसपछि रास्वपा कार्यकर्ता सभापतिलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै सामाजिक सञ्जालमा श्रेष्ठविरुद्ध खनिएका थिए । २०७९ को प्रतिनिधि सभा चुनावमा विराजभक्त काठमाडौं– ८ बाट विजयी भएका थिए । आफ्नो स्टाटसलाई लिएर भइरहेका टिकाटिप्पणीपछि श्रेष्ठले बिहीबार आफू सभापति लामिछानेको उपग्रह नभएको भन्ने आशयको टिप्पणी गरेका छन् ।

श्रेष्ठले बिहीबार लेखेका छन्, ‘यम ग्रह’ ग्रह हो कि होइन भन्ने धेरै बहसहरू भए, तर ती बहसले यम ग्रहलाई केही फरक नै परेन, ऊ विधाताले निर्देशित विधिमा आज पनि चलिरहेकै छ,’ श्रेष्ठले अगाडि लेखेका छन्, ‘बहस गर्नेहरू पृथ्वीमा नजन्मँदा पनि त्यही विधिमा चलिरहेको थियो र भोलि बहस गर्नेहरू नरहँदा पनि त्यही विधिमा चल्नेछ ।’सभापति लामिछानेले पार्टीलाई विधिभन्दा पनि निजी कम्पनी जसरी चलाउन खोजेको भन्दै श्रेष्ठलगायत केही नेताहरू असन्तुष्ट छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद