Media Network

रास्वपाको पैदलयात्रा बुटवल पुगेर समापन


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं । पुर्वी नवलपरासीको नरायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सुरु गरेको पैदलयात्रा बुटवल पुगेर समापन भएको छ ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरेको दबाब यात्रा बुटवल पुगेर सकिएको हो ।रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोटमा रहेको भृकुटीचोकबाट दबाबमूलक पदयात्रा थालिएको यात्रा बुटवल आइपुगेपछि समापन गरिएको छ ।

पैदलयात्राको समापनमा बोल्दै लामिछानेले विना पैसा कसैले काम गर्न नसक्ने भन्दै गरेको कामको भुक्तानी नपाएका कारण पनि काममा ढिलाइ भएकाले सरकारले ठेकदारलाई तत्काल भुक्तानी दिनुपर्ने बताए । उनले आफूहरुको लक्ष्य नेपाली जनताको दुःख हटाउनु रहेको भन्दै सबै सरोकारवालालाई एकैठाउँ राखेर छलफल गराउने तयारी रहेको पनि बताए ।यो अभियानसँगै रास्वपाको मिसन ८० सुरु भएको बताउँदै देशभरका निर्माणाधीन आयोजनामा भएका ढिलाइप्रति खवरदारीको सुरुवात भएको उनको भनाई थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद