Media Network

राष्ट्रपतिका लागि दलीय सहमती जुटाउने कसरतमा देउवा


खबरस्टोरी संवाददाता

२१ माघ २०७९,शनिबार

काठमाडौ । नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि दलीय सहमती जुटाउने कसरत सुरु गरेको छ। सरकारलाई विश्वासको मत दिएका तर सरकारमा नगएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग यही शिलशिलामा देउवाले छलफल गरेका छन्।

विपक्षीको मोर्चा बनाएर राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सत्ता गठबन्धनलाई चुनौती दिने तयारी कांग्रेसले गरिरहेको छ।

देउवाले उनीहरूसँग शनिबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गरेका हुन्। त्यो छलफलमा आगामी सोमबार हुने राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनबारे पनि कुराकानी भएको थियो।राष्ट्रपतिको चुनाव फागुन २५ र उपराष्ट्रपतिको चैत ५ गते चुनाव हुँदैछ। सरकारलाई विश्वासको मत दिएर राष्ट्रपतिमा नजर लगाइरहेको कांग्रेसले यतिबेला छलफल तीब्र बनाएको छ।

‘संसदमा सबैजसो दलहरुको मत पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा ‘राष्ट्रिय सहमतिको पात्र’ खोज्नुपर्ने बताइरहेका छन्। राष्ट्रपतिमा दाबी गरिरहेको नेपाली कांग्रेसले भने त्यो राष्ट्रिय सहमतिको पात्र कांग्रेसभित्र मात्रै रहेको बताइरहेको छ।

तर प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने गठबन्धनको सहमतिअनुसार राष्ट्रपतिमा एमालेकै उम्मेदवारी हुने बताइरहेका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद