Media Network

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


खबरस्टोरी संवाददाता

१२ श्रावण २०७९,बिहीबार

काठमाडौँ । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ।बैठक बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ। 

आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन २०७९ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७६, लाई सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

राष्ट्रिय सभाबाट पारित भइ सन्देशसहित प्रतिनिधि सभामा पठाइएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउनु हुने, प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको शपथसम्बन्धी विधेयक २०७८ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, शपथ सम्बन्धी विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद