Media Network

राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा आकस्मिक बैठक आह्वान


खबरस्टोरी संवाददाता

२१ माघ २०७९,शनिबार

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक केन्द्रीय समिति र संसदीय दलको बैठक सुरु भएको छ । 

यसअघि बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो । प्रधानमन्त्रीलाई दिएको २ दिनको समय सकिएपछि शनिबार बैठक बोलाएको हो ।गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी रास्वपाले दिँदै आएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद