Media Network

राष्ट्रियसभाको आजको बैठकमा के के छन् एजेण्डा ?


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबार बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्ने भएको हो । राष्ट्रियसभाको सोमवारको बैठक १२ औँ अधिवेशनको ४५ औँ बैठक हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको दैनिक सम्भावित पहिलो कार्यसूचीअनुसार आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यक्रम रहेको छ ।

यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने दैनिक सम्भावित दोस्रो कार्यसूची उल्लेख गरिएको छ ।

दैनिक सम्भावित तेस्रो कार्यसूचीमा अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने समेत रहेको संसद् सचिवालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद