Media Network

सरकारले सांसदलाई तर्साउन खोज्यो : ओली


खबरस्टोरी संवाददाता

१६ आश्विन २०८०,मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोधमा बोल्ने सांसदहरूको हुर्मत लिने काम गरिएको टिप्पणी गरेका छन् । सरकारले सांसदहरूलाई तर्साउन खोजेको उनको आरोप छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सांसद सुनील शर्मालाई सर्टिफिकेट नक्कली भनेर थुनामा राखिएको र सरकारको विरोधमा बोलेका अमरेशकुमार सिंहलाई सम्पत्ति छानबिन गर्छु भनेर तर्साएर के गर्न खोजेको भन्दै प्रश्न गरे ।

करिब ६१ किलो ‘सुन तस्करी प्रकरणमा जोडिएका मानिसलाई कागज गरेर छाड्ने अनि सांसदलाई हिरासतमा राखेर तर्साउने ?’ भन्दै उनले आक्रोश पोखे ।

“एकजना सांसदलाई थुनियो । एक क्विन्टल (वास्तविक परिमाण करिब ६१ किलो) सुन अवैध ल्याउनेलाई छोडियो, किन ? सुशासनको अभियान भनेको यही हो ?,” उनले भने, “माननीय सुनील शर्मा निर्वाचित जनप्रतिनिधि, उहाँको सर्टिफिकेटमा शंका लाग्यो भनेर हत्कडी लगाएर थुनामा राखियो । सरकारको विरोधमा बोलेबापत अमरेशकुमार सिंहलाई पुर्जी कटाइयो, छानबिन गर्छु भनियो । रिस उठ्दैमा जे पनि गर्ने ? छानबिन थुनेर गर्नुपर्छ भनेपछि सांसदहरूको सातो लिने । कोही बोले सुनील शर्मा बनाइन्छ, सांसदहरूको सातो लिन खोजेको हैन ? अनि, सुशासनको कुरा गर्ने ?”

२० वर्ष कैद बस्नुपर्ने हत्याका दोषीलाई छाडिएको भन्दै उनले यसले परिवार र समाजमा त्रास बढाएको बताए ।

“साढे नौ किलो सुन पक्राउ पर्छ, १०० किलो सुन पक्राउ पर्छ, ढाकछोपमा लाग्नुहुन्छ । छानबिन गर्न आयोग बनाउन भन्दा एक महिनासम्म लडाइँ लड्नुपर्छ, के बिग्रन्छ तपाईंको ?,” उनले प्रश्न गरे, “गफ दिनुहुन्छ हेटौँडा गएर, सुशासनको अभियान हो कि निरन्तर गर्ने हो ? सुशासन दिन छाडेर प्रतिपक्षीले संगठित रूपले विरोध ग¥यो भन्नुहुन्छ । म प्रश्न गर्न चाहन्छु, यहाँ, एयरपोर्टमा किन पक्राउ परेन सुन ? सिनामंगलमा किन प¥यो ? सबै कुरा समाउन किन सकिएन ?”

Share:
Reaction :
ताजा समाचार
खेलकुद