Media Network

‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै निर्वाचन आयोगमा उमेश श्रेष्ठ


खबरस्टोरी संवाददाता

२२ माघ २०७९,आईतवार

काठमाडौँ । चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निवेदन दिन निर्वाचन आयोगमा पुगेका छन् । निवेदन बुझाएर आयोगबाट बाहिरिँदै श्रेष्ठले आफूले किन निवेदन दिएको भन्नेबारेमा पत्रकार सम्मेलनबाटै सबैलाई सपष्ट पार्ने बताए । 

यसबारे उनले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई तेब्बर मतान्तरले पराजित भएका थिए । कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित भएका थिए ।

पाँच दलीय गठबन्धन साझा उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाएका थिए ।  तर लामिछाने नागरिकता सम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको फैसलाले ७२ दिनमै पदमुक्त भएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद