Media Network

शून्य समयमा कांग्रेसका सांसद सञ्जय कुमार गौतमको मौन ब्यङ्ग्य


खबरस्टोरी संवाददाता

१६ कार्तिक २०८०,बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले प्रतिनिधि सभाको शून्य समयमा नबोलेरै ब्यङ्ग्य गरेका छन् ।विगतमा संसदमा उठेका विषयहरुको सम्बोधन नभएको भनी सरकारलाई खबरदारी गर्दै आएका कांग्रेस सांसद गौतमले बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समय लिएर नबोलेरै समय व्यतित गरे ।

सांसद गौतम नबोलेपछि सभामुख देवराज घिमिरेले ‘माननीय सदस्यलाई बोल्न समय दिइएको छ’ भने । तर, फेरि पनि सांसद गौतम बोलेनन् । शून्य समयमा एक मिनेट समय निर्धारण गर्ने अभ्यास छ ।

नबोलेरै ब्यङ्ग्य गरेपछि कतिपय सांसदले टेबुल ठोकेर सांसद गौतमको विरोध र ब्यङ्ग्यप्रति समर्थन जनाए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद