Media Network

दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री दाहाल


खबरस्टोरी संवाददाता

२२ चैत्र २०७९,बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् ।

बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिनभित्रमा पूर्ण रुपमा सरकार विस्तार हुने बताए । उनले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रीत हुने बताए ।

उनले अबको बजेटमा गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए । जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने बताए । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद