Media Network

अमेरिका बसेर नेपालीको घाउमा ‘मल्हम’ लगाउने डाक्टर


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०७९,शनिबार

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि पनि दुरदराजका नेपालीहरु स्वास्थ्य उपचार नपाएर मृत्युवरण गरिरहेका छन् । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरु पाउनु जनताको नैसर्गिक अधिकार हो । तर राज्यले दूरदराजका नागरिकका लागि केही गर्न सकेको देखिदैन ।

आर्थिक अभावकै कारण स्वास्थ्य उपचार नपाएर कैंयौं नेपालीहरुले ज्यान गुमाउनु परिरहेका बेला अमेरिकामा बसेका नेपाली डाक्टरहरु भने नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउँदै आएका छन् । 

आर्थिक उपार्जनका लागि भन्दै अमेरिकामा रहेका नेपालीहरुले २५ वर्षअघि ‘अमेरिका नेपाल मेडिकल फाउण्डेशन’ स्थापना गरी नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुर्याउँदै आएका छन् । 

यो फाउण्डेशनको नेतृत्व हाल अमेरिकामा रहँदै आएका डा. विनोद खड्काले गरिरहेका छन् । 

पूर्वको इटहरीमा जन्मिएर त्यहीँबाट नै एसएलसी उत्तीर्ण गरेका खड्का पूर्वाञ्चल टपरसमेत हुन् । एसएलसी दिएपछि उनले सेन्ट जेभियर्स कलेजबाट प्लस टुको अध्ययन पूरा गरे । प्लस टु सकेर बीपी कोइराला अध्ययन प्रतिष्ठानबाट एमबीबीएस अध्ययन पूरा गरेका डा.खड्का २ वर्ष नेपाल सरकार मातहतको स्वास्थ्य क्षेत्रमा स्वयंसेवा गरेपश्चात एमडी अध्ययनका लागि भन्दै अमेरिका पुगेका थिए । उनले अमेरिका पुगेर आफ्नो अध्ययन पूरा मात्रै गरेनन्, नेपालीको स्वास्थ्यप्रति सधैं चिन्तित भइरहे । 

त्यसैले, उनी अमेरिकामा रहेका स्वयंसेवीहरुको समूह अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सदस्य भई सेवा गर्न थाले । डा. खड्का त्यही फाउण्डेशन मेम्बरबाट सचिव, उपसभापति हुँदै सभापतिको जिम्मेवारी सम्हालिरहेका छन् ।    

अमेरिकामा बसेर नेपालको स्वास्थ्य क्षेत्रमा २५ वर्षदेखि काम गर्दै आएको आएको यो फाउण्डेशनले नेपालको दुर्गम क्षेत्रमा ३ सय भन्दा बढी प्रोजेक्टहरु गरिसकेको छ । अमेरिकामा रहेर आफ्नो विलासी जीवन ब्यतित गरिरहेका चिकित्सकहरु प्राकृतिक विपत्तिका बेला नेपालको सारथि बनिरहेका छन् । 

२०७२ साल बैशाख १२ गतेको महाभूकम्पले भत्किएका नेपालीको घाउमा मल्हम लगाउनका लागि ठूलो रुपमा आर्थिक संकलन गरी सहयोग गरेका थिए ।  

०७२ को भूकम्पकाबेला १.५ मिलियन डलर आर्थिक संकलन गरी त्यसबाट नेपालमा स्वास्थ्य सम्बन्धि धेरै कामहरु गर्न सफल भएको डा. खड्काले बताए । 

पछिल्लो पटक कोभिड संक्रमणले विश्व आक्रान्त भइरहेका बेला पनि ०.५ मिलियन  डलर आर्थिक संकलन गरि नेपालको लागि सहयोग गरेका थिए ।  

फाण्डेशनले अहिलेसम्म नेपालमा ३० करोड बराबरको हेल्थ केयर सम्बन्धि कार्यक्रम सम्पन्न गरिसकेको डा. खड्काले बताए । 

‘आफूले नै पैसा तिर्नुपर्ने, समय पनि खेर जाने हुँदा हुँदै पनि हामी फाण्डेशन सदस्यहरु आफ्नो मनको सन्तोषका लागि स्वयम्सेवी भएर काम गरिरहेका छौं ।’–डा. खड्काले भने ।  

स्वयंसेवाका लागि भन्दै जुटाइएका स्रोत साधनदेखि सबै आर्थिक विवरण पनि फाउण्डेशनले आफ्नो वेवसाइडमा राखेर सार्वजनिक गर्दै आएको छ । त्यसैले अहिलेसम्म कहिँकतैबाट आर्थिक पारदर्शिताका सवालमा कुन प्रश्न चिन्ह देखानपरेको डा. खड्काको सुनाए ।  

खड्काले फाउण्डेशनको नेतृत्व सम्हालेपछि विगतको स्रोत परिचालन गर्न पूर्व प्रेसिडेन्टहरुको एडभाइजरी कमिटी तथा भविष्यका स्रोत परिचालन गर्न भन्दै भर्खर अध्ययनका लागि आएका नेपालीहरुलाई जोड्न रेजिन डेन्टर फेलो कमिटी बनाउने तयारी गरिएको छ । 

सेवा प्रवाहका लागि आर्थिक स्रोत आवश्यक पर्ने भएकाले फाउण्डेशनले सदस्यता बढाउने अभियान जारी राखेको छ । सदस्य बढेपछि आर्थिक स्रोत पनि बढ्ने सदस्यता विस्तारतर्फ जोड दिइएको डा. खड्काले बताए ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद