Media Network

अनेसासको नयाँ नेतृत्वमा गोवर्द्धन पूजा निर्वाचित


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

काठमाडौं । विश्वका ८० भन्दा बढी मुुलुकमा क्रियाशिल रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नयाँ नेतृत्वमा गोवर्द्धन पूजा निर्वाचित भएका छन् । 

अनेसासको नयाँ कार्यकाल (२०२२–२०२४)का लागि भएको निर्वाचनमा ८ सय ३ मत प्राप्त गरी अमेरिकामा बस्दै आएका गोवर्द्धन अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार बेलायतमा बस्दै आएका सुनिल संगमले ३ सय मत प्राप्त गरे । 

यस्तै, बरिष्ठ उपाध्यक्षमा अमेरिकामै रहेका सर्वज्ञ वाग्ले ५४० मत प्राप्त गरी निर्वाचित भएका छन् । लालगोपाल सुवेदी मात्र ४ मतले पराजित भए । 

क्षेत्रीय उपाध्यक्षमा एशियाबाट डा.रेणु सोलु ५८७ मतले निर्वाचित भएकी छन् । एशियाबाट उपाध्यक्षको उम्मेदवार दिएका शशी थापा ४७१ मत प्राप्त गरे । 

क्षेत्रीय उपाध्यक्षमा अमेरिकाबाट राजेन्द्र के श्रेष्ठ, युरोपबाट सीतादेवी बास्तोला बराल, ओसिआनियाबाट महेश्वर शर्मा भने निर्विरोध निर्वाचित भएका छन् । उपध्यक्षमा अफ्रिकाबाट भने कुनै पनि उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ । 

यसैगरी, महासचिवमा बिमला निरौला ४६० मत प्राप्त गरी निर्वाचित भइन् । महासचिवका उम्मेदवार कृष्णकुमार गिरीले ३३९ तथा स्पन्दन बिनोदले ३०४ मत प्राप्त गरे । 

सचिवमा जापानमा बस्दै आएका दीप पाठक र कोषाध्यक्षमा अमेरिकामा बस्दै आएका निजानन्द मल्ल निर्विरोध निर्वाचित भए । 

यस्तै, कार्य समिति सदस्यहरुमा सरिता अर्याल (नेपाल),  सुदीप भद्र खनाल (अमेरिका), सुमित गिरी (जापान), तारा अधिकारी (अमेरिका) र यादव देवकोटा (पोर्चुगल) निर्विरोध निर्वाचित भएको निर्वाचित समितिले जनाएको छ । 

निर्वाचित नामावाली (सूची)ः 



Share:
Reaction :
ताजा समाचार
खेलकुद