Media Network

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या १२४ प्रतिशतले वृद्धि


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

एजेन्सी । पछिल्लो पाँच वर्षभित्रमाअष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या दोब्बर वृद्धि भएको छ । सन् २०१६ देखि २०२१ सम्म अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि भएको छ । २०२१ मा सम्पन्न राष्ट्रिय जनगणनाको आंशिक तथ्यांक अनुसार नेपाल उद्‍गम भएर अष्ट्रेलियामा बसोबास गर्नेको संख्या १ लाख २२ हजार ५ सय ६ जना रहेको छ।

यस्तै, पछिल्लो जनगणना अनुसार अष्ट्रेलियामबसोबास गर्ने आप्रवासीमध्ये सबैभन्दा बढी भारतीयहरु छन् । चीन र न्युजिल्याण्डलाई पछि पार्दै भारतले आफ्नो संख्या बढाएको हो ।

अष्ट्रेलियामा अंग्रेजीपछि सबैभन्दा धेरै बोलिने भाषामा चिनियाँ म्यान्डरिन (२.७ प्रतिशत), दोस्रो अरबिक (१.४ प्रतिशत) र तेस्रोमा भियतनामिज (१.३ प्रतिशत) छन्। 

त्यस्तै, अष्ट्रेलियामा पहिलो पटक ५० प्रतिशतभन्दा बढी बासिन्दा विदेशमा जन्मेका वा आप्रवासी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद