Media Network

मलेसियामा एक नेपाली मृत्युदण्डको सजायबाट उम्किए, अब १२ वर्ष जेल बस्नुपर्ने


खबरस्टोरी संवाददाता

२३ भाद्र २०७९,बिहीबार

मलेसियामा एक नेपाली मृत्युदण्डको सजायबाट उम्किए, अब १२ वर्ष जेल बस्नुपर्नेकाठमाडौं । मलेसियामा एक नेपालीलाई तोकिएको मृत्युदण्डको सजाय परिवर्तन गरेर बाह्र वर्ष जेल सजायमा तोकिएको छ। 

धनुषा जिल्लाको साविक गोविन्दपुर वडा नं. २ का सुरजदेव साह तेली वैदेशिक रोजगारीका क्रममा मलेसिया गएका थिए।

त्यहाँ उनी २०१६ डिसेम्बरमा कर्तव्यज्यानको अभियोगमा पक्राउ परे । सो मुद्दामा इपो उच्च अदालतले सन् २०२० अगष्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजायँ तोकेको थियो।

‘सो फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा पुत्रजयास्थित सम्मानित पुनरावेदन अदालतले सन् २०२२ सेप्टेम्बर ८ बिहीबारका दिन सुरजदेव साह तेलीको कसूरलाई मलेसियन फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) मा परिवर्तन गरी बाह्र वर्ष जेल सजाय कायम गरेको छ। मलेसियास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोही बमोजिम सुरजदेव साह तेली बाँकी सजाय सक्किएपश्चात नेपाल फर्कनेछन्।’



Share:
Reaction :
ताजा समाचार
खेलकुद