न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट हराएका लरी चालकलाई खोजी गरिरहेका छन् । सान एन्टोनियो अमेरिका–मेक्सिकन सीमाबाट लगभग २५० किलोमिटर टाढा छ ।
टेक्सासका गभर्नर ग्रेग एबोटले सो मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । उक्त घटना ‘घातक खुला सीमा नीतिको परिणाम’ भएको उनले दाबी गरेका छन् ।
मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले देशका कूटनीतिज्ञले घटनाबारे खोजी गरिरहेको तर पीडितको राष्ट्रियता अझै अज्ञात रहेको बताए ।
मानिसहरू कसरी मरे भन्ने तुरुन्तै स्पष्ट हुन नसकेको र स्थानीय प्रहरीले सार्वजनिक रूपमा टिप्पणी नगरेको बीबीसीले जनाएको छ । सान एन्टोनियोको मौसम गर्मी महिनामा तातो हुन्छ । सोमबार त्यहाँको तापक्रम सोमबार ३९ दशमलव ४ डिग्री सेल्सियस थियो । (एजेन्सी)