Media Network

आजदेखि कोरियन भाषा परीक्षाका लागि आवदेन दिन पाउने


खबरस्टोरी संवाददाता

१६ पुष २०८०,सोमबार

काठमाडौं । पानी जहाज निर्माण क्षेत्रको परीक्षामा सहभागी भएकाहरुले आजदेखि निर्माण क्षेत्रका लागि आवदेन दिन सक्ने भएका छन् ।ईपीएस कोरिया शाखाले यसअघि सिपबिल्डिङ क्षेत्रको परीक्षामा सहभागी भइ अनुर्तीण भएकाहरुका लागि आजदेखि आवेदन खुलाएको हो ।

ईपीएस प्रणालीमाको प्रावधानविपरीत उच्च अदालत पाटनले आदेश दिएपछि १८ जनाको आवेदन शुक्रबार नै लिइसकेको शाखाले बाँकीलाई आज सोमबारदेखि तीन दिन समय तोकेको छ ।शुक्रबार उच्च अदालत पाटनले पानीजहाज निर्माण क्षेत्रको परीक्षामा सामेल भएका परीक्षार्थीको रिटमा सुनुवाइ गर्दै यस्ता प्रकृतिका आवेदकहरुलाई नरोक्न र परीक्षा फारम भर्न दिन आदेश दिएको थियो ।

त्यही आदेश अनुसार उनीहरुले पनि आवेदन दिने व्यवस्था गर्न लागिएको हो । सन् २०२३ मा पानी जहाज निर्माण क्षेत्रमा फारम भरेका आवेदकहरुले मात्रै सोमबारदेखि बुधबारसम्म फारम भर्न सक्नेछन् ।त्यसबाहेककाले फारम भर्न नपाउने र यदि कसैले भरेमा रद्द हुने ईपीएस शाखाले जनाएको छ । यो तीन दिन उनीहरुका लागि अनलाइनबाटै आवेदन लिने व्यवस्था गरिएको छ ।

एचआरडी कोरियाले भने यसअघि नै पानी जहाज निर्माण क्षेत्रमा आवेदन दिएका परीक्षार्थीले यही वर्ष खुल्ने अन्य क्षेत्रको भाषा परीक्षामा सामेल हुन नपाउने जनाएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद