Media Network

नेपाली सेनामा विभिन्न पदमा जागिर खुल्यो


खबरस्टोरी संवाददाता

२२ मंसिर २०८०,शुक्रबार

काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरुका लागि भर्ना खुला गरेको छ । जंगी अड्डाले एक सूचना जारी गर्दै प्राडरप्राविधिकरविविध सेवा तर्फका अधिकृत पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट लगायत पदमा भर्ना खुलेको छ । यसैगरी मेकानिकल इन्जिनियर, अटोमोवाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा पनि भर्ना खुलेको छ ।

समाचार सम्पादकरबाचक, फोटोग्राफर, अर्केष्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत दरखास्त खुलेको छ । दरखास्त पेस गर्ने मिति आज मंसिर २२ गतेदेखि पुस २१ गतेसम्म छ । दोब्बर दस्तुर बुझाएर पुस २२ गतेदेखि २८ गतेसम्म पनि दरखास्त फारम बुझाउन सकिन्छ ।

दरखास्त फारम अनलाइनमार्फत भरेर, त्यसलाई प्रिन्ट गरेर १० रुपैयाँको टिकट टाँसेर बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।दरखास्त बुझाउँदा सबै पदका लागि नेपाल बैंक लिमिटेडको राजश्व शीर्षकमा एक हजार रुपैयाँ जम्मा गरेको सक्कल र एक थान प्रतिलिपि भौचर पनि बुझाउनु पर्ने छ ।

एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहका लागि २० प्रतिशतको दरले थप दस्तुर लाग्ने नेपाली सेनाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद