Media Network

दक्षिण कोरियाले १५ हजार ८४८ नेपाली लैजाने, पुस २ गतेदेखि आवेदन खुला


खबरस्टोरी संवाददाता

१९ मंसिर २०८०,मंगलवार

काठमाडौँ।दक्षिण कोरिया सरकारले नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने भएको छ । इपीएस कोरिया शाखाका अनुसार सन् २०२४ मा उक्त संख्यामा नेपाली लैजाने भएको हो । जसको लागि पुस २ गतेदेखि आवेदन खुला गरिएको छ ।

भाषा परिक्षाका लागि पुस २ गतेदखि ६ गतेसम्म आवेदन दिन सकिने छ । रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा पास गर्नु पर्ने इपीएस कोरिया शाखाले जनाएको छ । यस्तै परीक्षामा उतिर्ण हुनेको सीप परीक्षण पनि हुनेछ ।

इपीएस भाषाको पहिलो परिक्षाको मिती सम्बन्धी विवरण २०८० को माघ २२ गते मात्र प्रकाशित हुने छ ।https:\\eoers.epsnepal.gov.np  मार्फत भर्न सकिने छ । आवदेकले आवेदन फारम भर्दा राहदानीको फोटो भएको पेजको रंगिन स्क्यान गरेको जेपीजी इमेज फाइल अपलोड गर्नुपर्नेछ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद