Media Network

भिभोको सन्२०२३ का योजना :नवीन उत्पादनहरुतथा पहलहरुसार्वजनिक गर्ने


खबरस्टोरी संवाददाता

२१ पुष २०७९,बिहीबार

काठमाडौं।भिभो छोटो समय अवधिमै नेपालीहरुको रोजाइको स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ ।सन् २०२३ मा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन भिभोलेनवीन उत्पादनहरुर ग्राहक केन्द्रित पहलहरु सार्वजनिक गर्न प्रतिबद्धता जनाएको छ । भिभोका लागि सन् २०२२ निकैअद्भूत रहयो,डिजाइन–ड्रिभनस्मार्ट उपकरणहरू र सेवाहरूमार्फत अहिले देशको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्रान्डहरूमध्ये एक बनेको छ । भिभोले निरन्तर उत्कृष्ट क्यामेरा क्षमताहरू, द्रुत–चार्ज टेक्नोलोजी, आकर्षक डिजाइन, शक्तिशाली पर्फमेन्श लगायत अत्याधुनिक विशेषताहरुमार्फत हामीलाई आश्चर्यचकित बनाउँदै आइरहेको छ । स्रोतका अनुसार भिभोले २०२३ मा बहुप्रतिक्षित भी२७ सहित भी सिरिज र वाई सिरिजका नवीनतम उत्पादनहरू सार्वजनिक गर्नेछ। नेपालमा स्थापना भएदेखि नै यस ब्रान्डले १५००+ रिटेल स्टोर र ४ वटा ग्राहक सेवा केन्द्रमार्फत उनीहरुको आवश्यकतालाईबुझेर सन्तुष्टि प्रदान गर्दै आएको छ ।यी संख्या निरन्तर बढ्दै गइरहेका छन् यसका लागिग्राहकवर्गले दिएको माया र प्रशंसाको लागि धन्यवाद। विश्वव्यापी रूपमा पनि, ब्रान्डले कतारमा आयोजना भएको फिफा विश्वकप २०२२ लाई प्रायोजन गरेर प्रविधिको माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । 

बेन्फेन – सही चीजहरू गर्ने र तिनीहरूलाई सही तरिकाले गर्ने भिभोको मार्गनिर्देशनका साथ ब्रान्डले आफ्नो काम गर्ने इकोसिस्टमको महत्व बुझेको छ । यसैलेगत वर्षमाडिसेम्बर २०२२ मा बसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रमको आयोजना लगायत धेरै महत्वपूर्ण पहलहरू संचालन गरेको छ। “मोर लोकल, मोर ग्लोबल” दृष्टिकोणलाई आत्मसाथ गर्दै भिभोले स्थानीय प्रतिभालाई सम्मान र प्रोत्साहन गर्छ जुन“भिभोटाइन फोटोग्राफी प्रतियोगिता” बाट झल्किन्छ, जहाँ प्रतिभाशाली फोटोग्राफरहरूलाई पुरस्कार र भी, ए’ र वाई सिरिज स्मार्टफोनहरुमा छुट दिएको थियो । यसको ग्राहक केन्द्रित दृष्टिकोणको अर्को प्रमाण भनेको “भिभो सर्भिस डे” हो जुन हरेक महिनाको २७ देखि २९ तारिखसम्म मनाइन्छ ।यसमा ग्राहकहरूले अन्य फाइदाहरूका साथै निशुल्क सरसफाइ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड लगायतका निःशुल्क बिक्री पछि सेवाहरूको फाइदा लिन सक्छन् । डिसेम्बर २०२२ मा ५औं वार्षिकोत्सवको अवसरमा, भिभोलेदैनिक, साप्ताहिक र बम्परलक्की ड्र मार्फत प्रयोगकर्ताहरूलाई आकर्षक उपहारहरू प्रदान गर्दै एक महिना लामो “सेल्स कार्निभल”सम्पन्न गरेको छ। ब्रान्डले नेपालमा फाइभजी क्षमताको सुधारलाई पनि उल्लेखित उद्देश्यका रूपमा लिएको छ। भिभोले नेपाली समुदायमा आफ्नो संलग्नता र योगदानलाई सुधार गर्न २०२३ मा आफ्ना सेवाहरू र पहलहरूलाई अझ जोसिलो रूपमा वृद्धि गर्न जारी राख्नेछ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद