मस्कलाई अमेरिकी अदालतले सम्झौता कार्यान्वयनका लागि अक्टोबर २८ सम्मको म्याद दिएको छ । तर मस्कले भने विहीबारदेखि नै सान फ्रान्सिस्कोस्थित ट्वीटर मूख्यालय गएर काम सम्हालेका छन् । कार्यालय पुगेर मस्कले आफू अनुकुलको निर्णय गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई विदा गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । ट्वीटरका सीईओ पराग अग्रवाल, वित्त प्रमुख नेड सेगल, कानुनी तथा नीतिगत प्रमुख विजय गाडे र सल्लाहकार सिन एजेडलाई मस्कले बर्खास्त गरेको बताइएको छ ।
सीईओ अग्रवालले यसअघि अमेरिकी धनाढ्य मस्कको कडा आलोचना गरेका थिए । मस्कको स्वामित्वमा आएपछि ट्वीटरका ७५ प्रतिशत कर्मचारीको जागिर जाने आशंका गरिएको छ ।