Media Network

प्रधानमन्त्री प्रचण्ड र महावीर पुन बिच भेटवार्ता


खबरस्टोरी संवाददाता

९ फाल्गुन २०७९,मंगलवार

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र आविस्कार केन्द्रका प्रमुख महावीर पुनबिच भेटवार्ता भएको छ ।आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुन सँग भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले  विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताएका छन् 

‘वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन’ उनले भने, ‘नेपाल स्वतन्त्र भएर आत्मसममानको साथ बाँच्ने स्थिगतितिर जाँदैन ।’

वर्तमान युग विज्ञान र प्रविधिको भएकोले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले जोड दिए। ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन ।’

आविस्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविस्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।

छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीन बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति रहेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद