Media Network

साओमीले विद्युतीय कार ल्याउँदै, अर्को महिना सार्वजनिक गर्ने


खबरस्टोरी संवाददाता

२ श्रावण २०७९,सोमबार

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले आफ्नो पहिलो विद्युतीय कार अर्को महिना अर्थात अगस्टमा सार्वजनिक गर्ने भएको छ ।

अबको भविष्य विद्युतीय सवारी नै हुने बताउँदै विश्वका ठूलाठूला कार निर्माता कम्पनीहरू अहिले धमाधम विद्युतीय कार निर्माण तथा यसका लागि आवश्यक पूर्वाधारको निर्माणमा लागि परेका छन् ।  

बजारमा टेस्लाको उदयका कारण पनि धेरै कम्पनीहरूले भविष्यको रुपमा विद्युतीय सवारीलाई नै लिएका छन् । यसैबीच, प्रविधि क्षेत्रका केही कम्पनीहरू पनि यो क्षेत्रमा प्रवेश गर्न थालेका छन् ।

बाहिरिएको जानकारी अनुसार एप्पलले विद्युतीय सवारी सार्वजनिक गर्ने तयारीमा छ । एप्पलले आफ्नो विद्युतीय सवारी कहिलेसम्म  बजारमा ल्याउँछ भन्ने विषयमा अहिलेसम्म जानकारी छैन ।

आगामी १० वर्षमा विद्युतीय कारका लागि कम्पनीले १० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाइ सकेको छ । 

त्यसपछि चाडैँ नै बिक्रीका लागि व्यवसायिक रूपमा बजारमा उतार्ने बताइएको छ । 

कम्पनीले यो गाडीको मूल्य अमेरिकी डलर १५,००० देखि ४५,०००० सम्म तोक्ने अनुमान गरिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद