Media Network

आजको मौसम अनुमान : यी ठाउँमा हल्का वर्षा र हिमपात


खबरस्टोरी संवाददाता

६ माघ २०७९,शुक्रबार

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य तथा पुर्वी तराईका एक(दुई स्थानमा हुस्सुरकुहिरो लागेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने बताइएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक=दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार केही उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू=भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै सुदूरपश्चिम र कर्णालीका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भू(भागहरूमा विहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै महाशाखाले सचेत गराएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद